चेक बाउन्स बढ्दै, कालोसूचीमा परेकाको संख्या दोब्बर
१६ कात्तिक, काठमाडौं ।सरकारले चेक बाउन्सका कारण कालोसूचीमा राख्ने प्रक्रिया सहज बनाए पनि समस्या झन् बढेको छ। कर्जा सूचना केन्द्रका अनुसार वि.सं. २०८२ को बैशाखदेखि कात्तिक १३ गतेसम्म मात्रै ६ हजार ४ सय ३६ जना थपिएर हाल कुल १३ हजार ६ सय ७४ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन्।
केन्द्रका अनुसार कालोसूचीमा परेकामध्ये करिब ८० प्रतिशत चेक बाउन्सका कारण हुन्। नेपाल प्रहरीले पनि गत आर्थिक वर्षमा १६ हजार ५ सयभन्दा बढी बैंकिङ कसुरका उजुरी दर्ता भएको जनाएको छ।
अधिकारीहरूका अनुसार आर्थिक मन्दी, सहकारी संकट र नगद अभावका कारण चेक बाउन्स बढ्दै गएको छ। कानुनी सहजीकरणले अपेक्षित सुधार ल्याउन नसकेको र आर्थिक कारोबारमा असर परेको बताइन्छ।