प्रधानमन्त्रीसँग कलाकारहरूकाे भेटवार्ता,
समकालीन नेपाली सिनेमाका ९ जना कलाकारहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेटवार्ता गरेका छन्।
भेटमा कलाकारहरूले प्रधानमन्त्रीलाई अफवाह र दुष्प्रचारबाट नडराई अघि बढ्न सुझाव दिए। भ्रष्टाचारविरुद्धको अडान र आगामी निर्वाचनप्रति प्रतिबद्ध रहन आग्रह गरे।
ऋचा शर्माले मुलुक बस्नलायक हुनुपर्ने बताउँदै सरकारलाई दृढतापूर्वक अघि बढ्न प्रेरित गरिन्। विपिन कार्की, निश्चल बस्नेत, कालीप्रसाद बाँस्कोटालगायतले सरकारको स्पष्ट अडानको प्रशंसा गर्दै सामाजिक सञ्जालमा भइरहेको दुष्प्रचारको प्रतिवाद गर्न सूचना पारदर्शिता आवश्यक रहेको बताए।
प्रधानमन्त्री कार्कीले पनि दुष्प्रचारसँग नडराई अघि बढ्ने दृढता व्यक्त गरिन्। भेटमा विजय बराल, सुजित बिडारी, दिव्यदेव पन्तलगायत कलाकारहरूको उपस्थिति थियो।