गाजाबाट बाकि बन्धकहरु सोमबारसम्म रिहा हुने योजना,विपिन जोशि दुईको अवस्था अझै अनिश्चित
गाजामा अझै बन्धक रहेका सबैलाई सोमबारसम्म मुक्त गरिने योजना बनाइएको छ । जसलाई हमास र इजयलबीच भएको पहिलो चरणको युद्धविराम सम्झौताअन्तर्गत कार्यान्वयन गरिनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति यसबारे जानकारी दिए।
हमास र त्यसका सहयोगीले इजरायलबाट २५१ जना अपहरण गरी गाजामा लगेको दुई वर्षभन्दा बढी भइसकेको छ। तीमध्ये अहिले पनि ४७ जना बन्धक गाजामा रहेका छन्, जसमा कम्तीमा २० जना जीवित भएको विश्वास छ। इजरायली सैनिक हदार गोल्डिनको शव भने सन् २०१४ देखि गाजामै राखिएको छ।
इजरायली सरकारले बाँकी ४८ मध्ये २६ जना मृत घोषित गरेको छ। बाँकी दुईजना तामिर निम्रोडी र नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै निश्चित हुन सकेको छैन। इजरायली सरकारले उनीहरूको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको थियो।
जीवित रहेको विश्वास गरिएका बन्धक सबै पुरुष हुन्, जसमा एक जनाबाहेक सबै २० र ३० को उमेर समूहका छन्। महिला, बालबालिका र ५० वर्षमाथिका पुरुषलाई अघिल्ला युद्धविराम सम्झौताअनुसार मुक्त गरिसकिएको छ।