प्रधानमन्त्री सुशीला कार्कीद्वारा आज मन्त्रिपरिषद् विस्तार, चार नयाँ मन्त्री थपिँदै
काठमाडौँ, कात्तिक ९ — प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्। बालुवाटार स्रोतका अनुसार उनले चार नयाँ मन्त्री थप्ने तयारी गरेकी हुन्।
नयाँ मन्त्रीमा डा. सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या, खगेन्द्र सुनार श्रम तथा रोजगार, गणपतिलाल श्रेष्ठ पर्यटन तथा बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने पक्का भएको बताइएको छ।
प्रधानमन्त्री कार्कीले नव नियुक्त मन्त्रीहरूलाई आजै शपथ ग्रहण गराउने तयारी गरेको स्रोतले जनाएको छ। यससँगै सरकारमा सहभागी मन्त्रीहरूको संख्या अझ बढ्नेछ।