स्वास्थ्य मन्त्री शर्माले जेनजी प्रभावितका लागि मनोपरामर्श सेवा स्थापना गर्ने
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले जेनजी आन्दोलनबाट प्रभावित घाइते तथा अन्य आवश्यक व्यक्तिहरूका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन्।
आइतबार राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेलगत्तै मन्त्री शर्माले मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी थिइन्। पदभार ग्रहणसँगै उनले मन्त्रालयका कर्मचारी र सम्बन्धित निकायहरूसँग बैठक गरी मनोपरामर्श सेवा सञ्चालनको योजना बनाएर तत्काल कार्यान्वयन गर्न निर्देशन दिएकी छन्।
उनको यो कदम स्वास्थ्य तथा मानसिक स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने र जेनजी आन्दोलनका कारण प्रभावित भएका व्यक्तिहरूको मनोबल र स्वास्थ्य सुधारमा योगदान पुर्याउने उद्देश्यले गरिएको बताइएको छ।