काठमाडौं महानगरपालिकाले घरबाट फोहोर ननिकाल्न आग्रह
काठमाडौं, १४ कात्तिक – काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा समस्या देखिएपछि महानगरबासीलाई घरबाट फोहोर ननिकाल्न अनुरोध गरेको छ।
महानगरको वातावरण तथा व्यवस्थापन विभागले जारी गरेको सूचनामा नागरिकहरूलाई घरबाट निस्कने फोहोर सुरक्षित तरिकाले आफ्नै घर वा कम्पाउण्डभित्रै राख्न निर्देशन दिएको छ। सूचनामा उल्लेख छ, “अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निस्कासन हुने फोहोर घर/कम्पाउण्डमा सुरक्षित तवरले राख्नुहोस् र जथाभावी सडक तथा सार्वजनिक स्थलमा फाल्नुहुँदैन।”
महानगरपालिकाले फोहोर व्यवस्थापनमा समस्या समाधान नभएसम्म नागरिकहरूलाई असावधानीपूर्वक फोहोर नफाल्न ध्यान दिन आग्रह गरेको छ।