प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सर्वोच्चमा बहस जारी
काठमाडौँ, १२ कात्तिक — प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ।
इजलासले रिट निवेदकलाई प्रतिनिधि सभा विघटनविरुद्ध अन्तरिम आदेश जारी गर्नुपर्ने कि नपर्ने भनी प्रश्न गरेको छ। न्यायाधीश सपना प्रधान मल्लले, “अन्तरिम आदेश दिने भए के के विषयमा दिने?” भनी सोधेका छन्।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल तथा मनोजकुमार शर्मा सदस्य रहेका छन्।