बैतडीमा जीप दुर्घटनामा परी एक जनाको मृत्यु
गएराति बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना अन्य चार जना घाइते भएका छन् ।
गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए । अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ ।