जनजी आन्दोलनका घाइतेहरू प्रधानमन्त्री भेट्न सिंहदरबार प्रवेश
काठमाडौं, २ कात्तिक — जनजी आन्दोलनका क्रममा घाइते भएकाहरू आइतबार प्रधानमन्त्रीसँग भेट गर्न सिंहदरबार प्रवेश गरेका छन्। सुरुवातमा सुरक्षाकर्मीले उनीहरूलाई गेटमै रोक्दा आन्दोलनकारीहरू सिंहदरबारको गेटबाहिर धर्नामा बसेका थिए।
तर केही समयपछि सुरक्षाकर्मीले नाम बोलाउँदै उनीहरूलाई सिंहदरबारभित्र प्रवेश गराएका हुन्।
आन्दोलनकारीहरूको माग देशमा सुशासन स्थापनासँगै जनजी आन्दोलनमा सहिद भएका परिवारहरूको न्याय सुनिश्चित गर्नु, सही ‘जनजी’ अस्पतालको बेडमा रहनुपर्ने र नक्कली ‘जनजी’ हरूले स्वार्थपूर्ति गर्न खोजेको घटनामा छानबिन हुनु पर्ने रहेको छ।
उनीहरूले सरकार र प्रधानमन्त्रीसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।