नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरे, सबै बैठक लाइभ गर्ने निर्णय
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन्। आजै राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेपछि मन्त्री गुप्ताले सिंहदरबार पुगेर आफ्नो पदभार सम्हालेका हुन्।
पदभार ग्रहण गरेलगत्तै उनले खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक लाइभ प्रसारण गर्ने निर्णय गरेका छन्। मन्त्री गुप्ताले यस कदमलाई पारदर्शिता र सार्वजनिक पहुँच सुनिश्चित गर्ने प्रयासको रुपमा रहेको बताएका छन्।
उनले मन्त्रालयको कामकाजमा नविनता ल्याउँदै खेलकुद क्षेत्रमा सुधार र विकासका कार्यक्रम प्रभावकारी बनाउने योजनामा समेत जोड दिने बताए।