राजन दाहालले विप्लवलाई दर्जनौँ यक्ष प्रश्न, विभाजन र गतिविधिबारे मागे जवाफ
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता राजन दाहालले नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई सामाजिक सञ्जालमार्फत विगतका विभाजन र त्यसपछिका गतिविधिबारे जवाफ मागेका छन्।
दाहालले विप्लव समूह मूलधारको राजनीतिमा फर्किन खोजिरहेको सन्दर्भमा, जनविश्वास आर्जन गरेको एकताबद्ध र मजबुत पार्टी किन विभाजन गरिएको भनेर प्रश्न उठाएका छन्। उनले नेता, कार्यकर्ता र जनताको मनोविज्ञान विभाजित गर्नुको औचित्यमाथि समेत शंका व्यक्त गरेका छन्।
उनले विप्लव समूहले विगत १३ वर्षमा पार्टी अध्यक्ष पाउनुपर्नेगरी के योगदान पुर्याएको र अहिले अध्यक्ष माग्दै गरेको विषयमा समेत प्रश्न गरेका छन्। राजनीतिक संवादमा भएका कदमहरूमा पनि दाहालले शंका व्यक्त गरेका छन्।