फोहर विसर्जन अवरोध, काठमाडौं महानगरले घरबाट फोहर ननिकाल्न आग्रह
१४ कात्तिक, काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले फोहरमैला घरबाट ननिकाल्न सर्वसाधारणलाई आग्रह गरेको छ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै फोहरलाई असुरक्षित रूपमा सडक वा सार्वजनिक स्थलमा नफाल्न र घर वा कम्पाउन्डमै सुरक्षित रूपमा राख्न अनुरोध गरेको हो।
हाल उपत्यकाको मुख्य फोहर विसर्जन स्थल बञ्चरेडाँडामा स्थानीयले अवरोध गरेपछि काठमाडौँ महानगरसहित उपत्यकाका अन्य पालिकाहरूबाट फोहर उठाउन समस्या उत्पन्न भएको छ।
महानगरले फोहर विसर्जनमा समस्या समाधान नभएसम्म घरघरमै फोहर सुरक्षित रूपमा राख्न पुनः आग्रह गरेको छ।