काठमाडौँमा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन हुने
काठमाडौँ, कात्तिक ९ — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कात्तिक ११ गतेदेखि ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन गर्ने भएको छ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गति, रातो बत्ती उल्लङ्घन वा सडक लेन उल्लङ्घन गरेका चालकहरूलाई लक्षित गर्दै ट्राफिक सचेतना कक्षा रामशाहपथस्थित कार्यालयमा भौतिक रूपमा सञ्चालन गरिनेछ।
कक्षा दैनिक बिहान ९:०० बजेदेखि दिउँसो १६:०० बजेसम्म छुट्टाछुट्टै सत्रमा सञ्चालन हुनेछन्। शुक्रवारका लागि विशेष रूपमा कक्षा १४:३० बजे समाप्त हुने जानकारी दिइएको छ।
त्यसैगरी, कार्यालय समयमा उपस्थित हुन असहज हुने चालकहरूको सहजताका लागि प्रत्येक शनिबार पनि बिहान १०:०० देखि १२:०० बजे दुई सत्रमा कक्षा सञ्चालन हुनेछ।