जेनजी प्रदर्शनका क्रममा प्रहरी हिरासतबाट फरार थुनुवा ललितपुरमा पक्राउ
ललितपुर, कात्तिक ११ — जेनजी प्रदर्शनको क्रममा प्रहरी हिरासतबाट भागेका एक थुनुवा पुनः प्रहरीले पक्राउ गरेको छ।
सिराहा धनगढीमाई नगरपालिका–१० घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–८, लुभुमा बस्ने २७ वर्षीय नवराज गिरी आइतबार पक्राउ परेका हुन्।
गिरी लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थिए र भदौ २४ गते जेनजी प्रदर्शनका बेला प्रहरी वृत्त सातदोबाटोको हिरासतबाट भागेका थिए।
ललितपुर जिल्ला प्रहरी परिसरका एक अधिकृतका अनुसार गिरीलाई पुनः नियन्त्रणमा लिएर लागुऔषधसम्बन्धी चलिरहेको मुद्दामा थप अनुसन्धान सुरु गरिएको छ।
प्रहरीले फरार रहेका व्यक्तिहरूको खोजी तीव्र पारेको जनाएको छ।