सर्वोच्चले ओली–लेखकलाई स्थानहद तोक्ने सरकारको निर्णयमाथि अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ, १४ कात्तिक – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारको अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी तोकिएको स्थानहदको विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले सरकार र जाँचबुझ आयोगको नाममा कारण पेश गर्न आदेश जारी गरेको छ।
अधिवक्ता डा. प्रेमराज सिलवालले यो स्थानहद कानून विपरीत हुने दाबी गर्दै रिट निवेदन दर्ता गरेका थिए। यो निर्णय जेन–जी आन्दोलनपछि भएको दमन र आगजनीबारे गठन भएको आयोगको सिफारिसमा सरकारले गरेका ओली, लेखक र तत्कालिन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमती बिना उपत्यका छोड्न नदिने निर्णयसँग सम्बन्धित छ।
यस्तै, तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडीमाथि पनि समान निर्णय भए पनि सरकारी कामकाजका कारण उनको स्थानहद फुकुवा गरिएको थियो।