बाँसगढीमा लागूऔषधसहित एक युवक पक्राउ
बाँसगढी नगरपालिका–१ चेपाङ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने ५५० मिलिग्राम पदार्थसहित ३० वर्षीय नगेन्द्र पुनलाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार बिहान प्रहरी चौकी चेपाङबाट खटिएको टोलीले पुनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।