पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव, देशभर हल्का वर्षा र हिमपात
काठमाडौं, । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा हल्का वर्षा र हिमपात भएको छ।
काठमाडौं उपत्यकामा पनि धुम्म लागेको छ र हल्का पानी परेको मौसम विभागले जनाएको छ। विशेषज्ञहरूले आगामी दिनमा पनि यस्तो मौसम रहने सम्भावना रहेको बताएका छन्।