प्रतिनिधि सभा विघटन मुद्दा हेर्न संवैधानिक इजलास गठन
१२ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्नका लागि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन गरिएको छ।
नवगठित इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन्।
संसद् विघटनको वैधानिकता सम्बन्धी विवाद सर्वोच्चमा पुगेपछि संवैधानिक इजलास गठन गरिएको हो। इजलासले अब मुद्दाको प्रारम्भिक सुनुवाइ गरी आवश्यक आदेश दिने अपेक्षा गरिएको छ।