जेनजी युनाइटेडद्वारा माइतीघरमा प्रदर्शन : “शहीदको रगत खेर नजाओस्”
काठमाडौँ, शुक्रबार — जेनजी युनाइटेड का युवाहरूले शहीदको बलिदान सम्झँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले देशमा सकारात्मक परिवर्तन ल्याउन शहीदहरूको योगदानलाई बिर्सन नहुनेमा जोड दिएका छन्।
युवाहरूले शहीदको रगत खेर नजाओस् भन्ने नारासहित सडकमा उत्रेका हुन्। उनीहरूले निरन्तर प्रदर्शनमार्फत सरकार र सम्बन्धित निकायमा दबाब सिर्जना गर्दै सामाजिक र राजनीतिक परिवर्तनको माग गरिरहेका छन्।
जेनजी युनाइटेडका सदस्यहरूले भने, “हामीले हरेक दिन प्रदर्शन जारी राख्नेछौं, ताकि हाम्रो देशमा न्याय, शान्ति र समृद्धि सुनिश्चित होस् र शहीदहरूको बलिदान व्यर्थ नजाओस्।”
यो प्रदर्शनले युवा पुस्ताले देशमा सकारात्मक परिवर्तनका लागि सक्रिय भूमिका निर्वाह गरिरहेको छ भन्ने देखाएको छ।