निर्माण सकिएको डेढ वर्षपछि कुश्मा बसपार्क सञ्चालनमा
डेढ वर्षअघि निर्माण सम्पन्न भए पनि सञ्चालनमा नआएको पर्वतको कुश्मा बजारस्थित बान्द्रेबिडी बसपार्क अब कात्तिक १४ गतेदेखि सञ्चालनमा आउने भएको छ। मङ्गलबार भएको छलफलले शिवालय चोकका सबै टिकट काउन्टर बसपार्कभित्र सार्ने निर्णय गरेको छ।
रु ६ करोड ६६ लाख लागतमा बनेको बसपार्कमा दुई तले भवन, टिकट काउन्टर, प्रतीक्षालय, शौचालय र सटरहरू छन्। बसपार्क सञ्चालनका लागि बोलपत्र युवा व्यवसायी दीपक पुनले पाएका छन्। सञ्चालनपछि अव्यवस्थित पार्किङ र दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ।