मधेश प्रदेश: मुख्यमन्त्री नियुक्तिका लागि दुई पक्षबीच दाबी, प्रदेश प्रमुख कार्यालयमा तनाव
मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दुई वटा समूहले आ-आफ्नो दाबी पेस गरेपछि प्रदेश प्रमुख कार्यालयमा अहिले तनाव बढेको छ ।
मुख्यमन्त्रीका लागि दाबी पेस गरेका दुवै पक्ष प्रदेश प्रमुख कार्यालय पुगेपछि तनाव बढेको हो । दुवै पक्षबीच हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राखेर प्रदेश प्रमुखको कार्यालय परिसरमा ठूलो संख्यामा नेपाली सेना सुरक्षाका लागि खटिएका छन् ।
बुधबार बिहान सुरुमा लोसपाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जनमतसहित ६ दलले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष ५७ सांसदको दाबी पेस गरेका थिए ।