दुर्गा प्रसाईंले सुध्रिएर जान्छ भनी घोषणा
काठमाडौं, कात्तिक ९ — राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफू सुध्रेर जान तयार भएको बताएका छन्।
आज काठमाडौंमा प्रधान सम्पादकहरूसँग अन्तर्क्रियामा उनले आफू देशको विद्रोही पक्षजस्तो देखिए पनि विद्रोही नभएको र आफ्ना माग जायज रहेको बताएका छन्। प्रसाईंले विदेशमा रहेका नेपाली स्वदेश फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
प्रसाईंले भदौ २३–२४ गते जेनजी आन्दोलनमा आफू सहभागी हुन खोज्दा अनुमति नपाइएको गुनासो व्यक्त गर्दै, “यसमा बालेनजीलाई धन्यवाद दिन्छु। नत्र सबै जना आएर मेरो थुनामा हुन्थ्यो,” भने।
साथै उनले २०५७ सालदेखि माओवादीमा आबद्ध रहेको, प्रचण्ड र एमालेसँग समन्वय गर्दै मेडिकल शिक्षा क्षेत्रमा योगदान पुर्याएको पनि बताएका छन्। उनले सम्बन्धन प्राप्त गर्न सर्वोच्च अदालतको सहयोग लिएर आफ्नो मेडिकल कलेजले अधिकार प्राप्त गरेको जानकारी दिएका छन्।
प्रसाईंले आफ्नो आर्थिक पारदर्शिताबारे समेत स्पष्ट गर्दै, बैंकको ब्याज तिरेको र विद्युत तथा महसुल नियमित तिरेको हुँदा सरकारबाट सम्मानित भएको उल्लेख गरेका छन्।