देशभर मौसम मुख्यतया सफा, पहाडी भू-भागमा आंशिक बदली : मौसम पूर्वानुमान महाशाखा
काठमाडौं, कात्तिक १ — हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशको अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
आज दिउँसो देशका सबै प्रदेशको पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ भने तराई तथा अन्य भू-भागमा मौसम सामान्यतया खुला रहनेछ।
आज राति पनि देशभर मौसम मुख्यतया सफा नै रहने महाशाखाले जनाएको छ। मौसममा उल्लेखनीय परिवर्तन हुने सम्भावना नरहेकाले जनजीवन र तिहारको सुरुवातका गतिविधिमा असर नपर्ने अपेक्षा गरिएको छ।