कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सहमति नजुट्दा स्थगित
काठमाडौँ–कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सहमति नजुटेपछि स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजे बस्ने तय बैठक बस्दै नबसी आइतबारसम्मको लागि सारिएको हो।
पार्टी केन्द्रीय कार्यालयका अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मङ्सिरमा महाधिवेशन गर्ने कार्यतालिका ल्याउन आग्रह गरे पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्ताव अस्वीकार गरेका थिए। अर्कोतर्फ, संस्थापन समूहले प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने धारणा राखेको छ।
विवादका कारण बिहीबारको बैठकमा पनि महामन्त्री थापा अनुपस्थित थिए। आजै खड्काले पदाधिकारी बैठक राखेका थिए, तर कार्यतालिकामा सहमति नजुटेपछि केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको नेताहरूले बताएका छन्।