खगेन्द्र सुनार मन्त्री बन्ने विवादमा, शपथ फाइनल हुन बाँकी
काठमाडौं, कात्तिक ९ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि सिफारिस भएका खगेन्द्र सुनारको नाम विवादित बनेको छ। उच्च स्रोतका अनुसार, उनलाई मन्त्रीको शपथ खुवाउने कि नखुवाउने भन्ने विषयमा अहिले तीव्र छलफल जारी छ।
प्रधानमन्त्री सुशीला कार्कीले सुनारसहित तीन जनालाई मन्त्रीको रूपमा सिफारिस गरेकी थिइन्। तर, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भइसकेको र उनी प्रहरीको फरार सूचीमा समेत रहेको देखिएको छ। उनका नाम सामाजिक सञ्जालमा समेत व्यापक आलोचनाको विषय बनेको छ।
अन्य सिफारिस भएका मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ र बब्लु गुप्ता छन्। डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, र श्रेष्ठलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सरकारी निर्णय र विवादको यो विषय आगामी दिनमा राजनीतिक रूपमा तातो बन्दै जाने देखिन्छ।