स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं — स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले मिश्रासहित १५ जनामाथि स्वास्थ्य उपकरण खरिदमा गरिएको घोटालाको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले उक्त भ्रष्टाचारमा कुल १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको जनाएको छ। स्वास्थ्य सेवा विभागको महानिर्देशकको रूपमा कार्यरत रहेकै बेला गरिएको खरिद प्रक्रिया सम्बन्धी फाइलमा अख्तियारले अनुसन्धान गरेको थियो।
केही साताअघि जेनजीको सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेको समयमा यो मुद्दा दायर हुनुले राजनीतिक हलचल पनि बढाएको छ।
अहिले विशेष अदालतमा सुनुवाई प्रक्रिया सुरु भइसकेको छ।