बलम्बु प्रहरी प्रभाग तोडफोड र आगजनीमा संलग्न तीर्थमान तामाङ पक्राउ
काठमाडौं । बलम्बुस्थित प्रहरी प्रभागमा तोडफोड र आगजनी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–८ घर भएका २० वर्षीय तीर्थमान तामाङ रहेका छन्।
प्रहरीका अनुसार सार्वजनिक भिडियो र तस्वीरका आधारमा पहिचान गरी तामाङलाई पक्राउ गरिएको हो। उनी २४ भदौको जेनजी आन्दोलनका क्रममा बलम्बु प्रहरी प्रभागमा तोडफोड र आगजनीमा संलग्न थिए।
घटनामा तामाङसहितका व्यक्तिहरूले प्रहरीको क्युआरटी मोटरसाइकलमा आगजनी गर्नुका साथै कार्यालयका सामग्री चोरी गरेको प्रहरीले जनाएको छ।