जापान सरकारद्वारा बीपी राजमार्ग पुनर्निर्माणका लागि २ अर्ब ६० करोड रुपैयाँ अनुदान
काठमाडौँ – जापान सरकारले महोत्तरी बर्दिवासदेखि काभ्रेको धुलिखेलसम्मको १५९ किलोमिटर लम्बाइको बीपी राजमार्गको क्षतिग्रस्त खण्ड पुनर्निर्माण र मर्मतका लागि २ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोग प्रदान गरेको छ।
आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र जापान सरकारबीच अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापानका राजदूत तोरु मायदाले हस्ताक्षर गरे।
गत वर्षको बाढीपहिरोमा क्षति पुगेको उक्त राजमार्ग पुनर्निर्माणमा जापानी अनुदानले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। अर्थमन्त्री खनालले जापानलाई नेपालको विकास साझेदार र पूर्वाधार निर्माणमा भरपर्दो सहयोगी भएको भन्दै धन्यवाद ज्ञापन गरे।