निर्वाचन समयमा गराउन राष्ट्रपति पौडेलको पहल, दलहरूसँग शीतल निवासमा छलफल आज
तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल र सरकारसँग छलफल गर्ने भएका छन् ।
संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सरकारलाई राष्ट्रपतिले डाकेका हुन् ।छलफल राष्ट्रपति निवास शीतल निवासमा दिउँसो ४ बजे सुरु हुनेछ ।