कांग्रेस इतर समूहको निष्कर्ष– पुस मसान्तभित्रै नियमित महाधिवेशन गर्नुपर्छ
काठमाडौँ, कात्तिक १४ —नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचन अगावै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ।
डा. शेखर कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा शुक्रबार बिहान बसेको बैठकले ढिलोमा पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने राय दिएको हो।
बैठकमा सहभागी एक नेताका अनुसार, इतर समूहले पुस १६ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाउन र शुक्रबारकै केन्द्रीय बैठकमा पेस गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई जिम्मा दिएको छ।
बैठकमा डा. कोइरालासँग उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डेलगायत नेताहरू सहभागी थिए।