विप्लव नेतृत्वको नेकपा दल दर्ताका लागि आज निर्वाचन आयोगमा
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज निर्वाचन आयोगमा दल दर्ताका लागि जाने भएको छ।
पार्टीका एक स्थायी समिति सदस्यका अनुसार महासचिव विप्लवको नेतृत्वमा आज पौने १ बजे दल दर्ताका लागि आयोगमा पुग्ने तयारी गरिएको छ।
यसअघि पार्टीले कर्णजित बुढाथोकीको संयोजकत्वमा केन्द्रीय सदस्य तथा काठमाडौं सेक्रेटरी चिरञ्जीवी ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेलसहित तीन सदस्यीय दर्ता समिति गठन गरेको थियो।
‘नेकपा’ नाममा पहिले नै दल दर्ता भइसकेकाले विप्लव समूहले नयाँ नामसहित दर्ता प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।