काठमाडौँ उपत्यकामा फोहोर विसर्जनमा अवरोध, स्थानीय–महानगरबीच विवाद कायम
काठमाडौँ उपत्यकाको फोहोर विसर्जन स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि राजधानीबाट फोहोर बोकेका गाडीहरू बाटोमै रोकिएका छन्। स्थानीयसँग वार्ता भए पनि अहिलेसम्म कुनै समाधान निकाल्न सकिएको छैन।
काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्म घर, पसल र व्यवसायबाट उत्पन्न फोहोरलाई सुरक्षित तरिकाले घरमै राख्न अनुरोध गरेको छ।
बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र महानगरपालिकाबीच विगतमा विभिन्न सहमति भए पनि तिनको पूर्ण कार्यान्वयन नहुँदा समस्या जारी रहेको बताइएको छ।