भ्रष्टाचारको निर्मम छानबिन गर्न काँग्रेस अन्तर महानगर समितिको माग
ललितपुर । नेपाली कांग्रेस अन्तर महानगर कार्यसमितिको चौथो बैठकले बदलिँदो परिस्थिति, जेनजी आन्दोलन र आम नेपालीको जनचाहनाअनुरुप देशमा व्याप्त भ्रष्टाचारको निर्ममतापूर्वक छानबिन गर्नुपर्ने निर्णय गरेको छ ।
ललितपुर महानगर कार्यसमितिका सभापति श्री शुभानन धाख्वाको सभापतित्वमा बुधबार बसेको बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले यस विषयमा तत्काल निर्णय गर्न पनि जोडदार माग गरिएको छ ।
बैठकले आम जनमानस एवम् पार्टी कार्यकर्ताहरूमा नेतृत्वप्रति देखिएको वितृष्णा तथा विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने गरी तत्काल कार्यतालिकासहित नियमित महाधिवेशनको कार्ययोजना २०८२ कात्तिक १३ गतेदेखि सञ्चालन हुने केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गर्न पनि माग गरेको छ ।
पार्टीको नियमित महाधिवेशन समयमै सम्पन्न गर्न सम्भव बनाउनका लागि देशका ६ वटा महानगरपालिका कार्यसमितिले पालिकाहरूसँग समन्वय गरी सहयोग र समन्वय गर्न आफूहरू तत्पर रहेको महानगर सभापतिहरूले घोषणा गरेका छन्