ललितपुरको धापाखेलबाट पेस्तोल र नगदसहित एक जना पक्राउ
ललितपुर महानगरपालिका–२३ धापाखेलमा मदिरा सेवन गरी होहल्ला भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले खोटाङ साकेला गाउँपालिका घर भएका २३ वर्षीय शिवकुमार विक लाई बुधबार बिहान करिब ३ बजे नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार विकको साथबाट एक थान म्याग्जिनसहितको चाइनिज पेस्तोल, रु ४ लाख ७८ हजार नगद, र एप्पल आइफोन बरामद गरिएको छ।
विक धापाखेलमा तारा विक नामकी महिलाको टहरोमा करिब एक महिनादेखि बस्दै आएको बताइएको छ। प्रहरीले उनीमाथि अवैध हतियार राखेको र स्रोत नखुलेको नगदसम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ।