थापाथली गुठी जग्गामा अवैध टहरा डोजरले हटाइयो
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित गुठीको जग्गामा बनेका अवैध घर र टहरामा डोजर चलाएको छ।
महानगर प्रहरीका अनुसार, गुठी संस्थानको जग्गामा सहमति वा अनुमति बिना निर्माण गरिएका ५–७ वटा घर र टहरा हटाउन डोजरको प्रयोग गरिएको हो।
महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले भने, “हामीले गुठी संस्थानको सहकार्यमै डोजर चलाएका हौँ। टहराहरू हटाउन यही प्रक्रिया अपनाइएको हो।”
टहराहरू थापाथली चोकको ट्राफिक आइल्याण्ड नजिक निर्माण भएका थिए।