प्रधानमन्त्री कार्कीको नेतृत्वमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा सुरु भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, यो बैठक प्रधानमन्त्रीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको पहिलो बैठक हो।
बैठकमा ऊर्जा, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङ बाहेक अन्य सबै मन्त्रीहरू उपस्थित छन्।