नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो
काठमाडौं। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ पुगेको छ । १० ग्राम सुनको मूल्य पनि २ लाख ३ हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार घटेर २ हजार ९२० रुपैयाँ कायम भएको छ ।
विशेषज्ञहरूले विश्व बजारमा धातुको मूल्य घट्दा र विनिमय दरमा परिवर्तन हुँदा नेपाली बजारमा पनि मूल्यको उतार–चढाव हुने बताएका छन् ।