नेपाली वायुसेवा निगमको कार्यकारी अध्यक्ष पद सात दिनदेखि खाली
काठमाडौँ, १४ कात्तिक – नेपाल वायुसेवा निगम (नेवानि)को कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएर सात दिन बितिसक्दा पनि सरकारले नयाँ अध्यक्ष नियुक्त गर्न सकेको छैन। हाल उपप्रबन्ध निर्देशक जनकराज कालाखेतीले स्वाभाविक रूपमा कामु जिम्मेवारी पाउनुपर्ने भए पनि विवादास्पद नियुक्तिहरूका कारण प्रशासनिक काम प्रभावित भएको छ।
पूर्वअध्यक्ष अधिकारीले आफ्नो प्रभावमा केही कनिष्ठ कर्मचारीलाई कामु बनाउन सक्रिय रहेको स्रोतले जनाएको छ। यसबीच, प्रशासनिक अनियमितता र विवादका कारण नेवानिको दैनिक कामकाजमा चुनौती आइरहेको छ।