सञ्चार मन्त्री खरेलसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट, दुई देशबीच सहकार्यमा छलफल
काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, विकास सहयोग र वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। मन्त्री खरेलले निर्वाचन समयमै सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने सरकारको प्राथमिकता व्यक्त गरे।
राजदूत श्रीवास्तवले असल छिमेकीको नाताले भारतको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्दै, नेपालको आर्थिक रूपान्तरण र समृद्धिका लागि वित्तीय तथा प्राविधिक सहयोग अभिवृद्धि गर्न तयार रहेको बताए।