भाइटीका लगाउँदा बेहोस भएका राजमो अध्यक्ष टानबहादुर केसीको निधन
६ कात्तिक, बुटवल । भाइटीका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसी को निधन भएको छ।
बिहीबार मध्यान्ह बुटवल–१९ स्थित आफ्नै निवासमा भाइटीका लगाउँदै गर्दा ५० वर्षीय केसी अचानक बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि बुटवल हस्पिटल प्रालि मा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका अस्पतालका सूचना अधिकारी विक्रम खड्का ले जानकारी दिए।
राजमो रुपन्देहीका नेता गङ्गालाल सापकोटा का अनुसार भाइटीका लगाउने क्रममा नै केसी ढलेका थिए।
केसीको निधनप्रति मातृ पार्टी नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह ले विज्ञप्ति जारी गर्दै गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्।
अचानक निधनले रुपन्देहीको राजनीतिक क्षेत्रमा शोक छाएको छ।