सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा पत्रकार सङ्घसंस्थाको माइतीघरमा प्रदर्शन
नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा आज काठमाडौँको माइतीघर मण्डलामा पत्रकार सङ्घसंस्थाले प्रदर्शन गरेका छन्। सरकारको यस कदमलाई प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथिको हस्तक्षेप भन्दै उनीहरूले विरोध जनाएका हुन्।
उक्त विरोध प्रदर्शनमा पत्रकार, अगुवा र सरोकारवालाहरूले सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक कुण्ठित भएको बताएका छन्। उनीहरूले सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने बहानामा यसलाई बन्द गर्न खोजिएको भन्दै तत्काल यो निर्णय फिर्ता लिन माग गरेका छन् ।