मध्यराति ओलीप्रति बालेनको आक्रोश
सोमबार जेन-जी आन्दोलनमा सरकारले दमन गर्दा २० जना युवा मारिएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी ओलीलाई ‘आतंकवादी’को संज्ञा दिएका छन्।
उनले सोमबार मध्यराति फेसबुकमा स्टाटस लेखेर प्रधानमन्त्री ओलीप्रति तीव्र आक्रोश व्यक्त गरेका हुन्। यस क्रममा उनले ओलीलाई आदरार्थी पनि तँ प्रयोग गरेका छन्।
उनले लेखेका छन्, ‘तेरो भरौटेहरूको पो बा भइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्। यस्तो आतंकवाद यो विश्वले कहिले देखेको थिएन। तँ नेता त के मान्छे पनि बन्न सकेनस्, आतंकवादी होस्।’