कपिलवस्तु कारागारबाट फरार ६८ कैदी प्रहरी नियन्त्रणमा
जेनजी आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारबाट बुधबार बिहान भागेका ६८ जनालाई प्रहरीले नियन्त्रण लिएको छ ।
कपिलवस्तु कारागारबाट बिहान ७ बजेतिर भागेर ८ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।
उनीहरूलाई नियन्त्रण लिने क्रममा १ राउन्ड हवाई फायर समेत गर्नु परेको थियो । कारागारमा रहेका कुल ४७० जनामध्ये बिहान २८ जना बाहेक अन्य भागेका थिए । अन्य फरार रहेका कैदीहरूको व्यापक खोजी कार्य कार्य भइरहेको बताए ।