भक्तपुरमा बेवारिसे अवस्थामा सशस्त्रको एसएलआर फेला
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा बानेश्वरबाट लुटिएको एउटा एसएलआर भक्तपुरमा भेटिएको छ ।
चाँगुनारायण नगरपालिका–९ ब्रम्हायणीमा कपडाले बेरेर राखेको अवस्थामा भेटिएको हतियार स्थानीयले प्रहरीलाई बुझाएका छन् ।
नम्बर–२० गण २९० लेखिएको सो एसएलआर सशस्त्र प्रहरीको मिनभवन स्थित बेसबाट लुटिएको सशस्त्रका अधिकृतहरू बताउँछन् ।
स्थानीयले एउटा एसएलआर फेला पारेर बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताएका हुन । उनले भने, ‘हतियार यकिन गरेर सम्बन्धित निकायमा बुझाउँछौँ ।’