गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा आक्रमण
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रदर्शनकारीले आक्रमण गरेका छन् । विमानस्थल परिसरभित्र प्रवेश गरी प्रदर्शनकारीहरूले पार्किङमा राखिएका गाडी जलाइदिएका हुन् ।
विमानस्थलमा महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलको पार्किङमा राखिएका पाँचवटा चारपाङ्ग्रे र दुईवटा दुईपाङ्ग्रे सवारीसाधनमा प्रदर्शनकारीले आगो लगाउँदा क्षति पुगेको जानकारी दिए । विमानस्थलका महत्वपूर्ण संरचनामा ठूलो क्षति नभएको उनको भनाइ छ ।