‘क्षति भएको निजी क्षेत्रलाई राज्यबाट चाहिने सहयोग गर्नेछौं ’ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताएकी छन् ।
आज पदभार ग्रहणपछि सचिवहरूसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आङ्कलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने बताएकी हुन् ।
उनले क्षतिका बाबजुद निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा समेत व्यक्त गरिन् । उनले २४ गते आतङ्क फैलाएको र त्यसको छानबिन समेत हुने बताइन् ।
उनले निजी क्षेत्रले क्षति हुँदाहुँदै पनि आफ्नो भित्रको आन्तरिक बल देखाएकोमा धन्यवाद दिइन् । साना व्यापारीहरूलाई समेत राज्यले सहयोग गर्ने उनको भनाइ छ ।