माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो
काभ्रेपलान्चोकस्थित साँगामा रहेको पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितको मुद्दामा सुनुवाइ सकिएको छ।
विशेष अदालत काठमाडौँका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासमा पूर्वप्रधानमन्त्री नेपालसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकिएको हो । सुनुवाइ सकिएकाले अदालतले आइतबार नै यो मुद्दामा आदेश दिन सक्नेछ ।