ट्रमा सेन्टरमा ६ जना प्रदर्शनकारीको मृत्यु
राजधानीको ट्रमा सेन्टरमा ६ जना प्रदर्शनकारीको मृत्यु भएको छ। बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।
ट्रमा स्रोतका अनुसार उनीहरूको मृत्यु घोषणा गरिएको छ भने अन्य दर्जनौँको उपचार भइरहेको छ । यसअघि सिभिल अस्पतालमा २ जनाको पनि मृत्यु भएको थियो ।