सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने जेन–जीको प्रस्तावमा बालेनको समर्थन
अन्तरिम सरकारको प्रमुख बनाउन काठमाडौँका मेयर बालेन शाहले समर्थन गरेका छन्।
सामाजिक सञ्जालमा लेखेर बालेनले समर्थन गरेका हुन् । साथै उनले जेन–जी आन्दोलनको संरक्षणका लागि तत्काल अन्तरिम सरकार गठन र संसद विघटनको माग पनि गरेका छन्।
उनले लेखेका छन्, जेन–जीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नुहोला।
जेन–जीहरूको भर्चुअल बैठकले कार्कीलाई अघि सार्ने सहमति जुटाएको थियो। भर्चुअल बैठकमा सरकार प्रमुखमा बालेनको नाम पनि आएको थियो। तर, बालेनलाई निर्वाचित सरकारको प्रमुख बनाउने भन्दै अन्तरिम सरकारका लागि कार्कीलाई अघि सार्नुपर्ने जेन–जीहरूको भनाइ छ।