रुपन्देहीमा आज पनि कर्फ्यू
रुपन्देही प्रशासनले आज पनि कर्फ्यू आदेश जारी गरेको छ । सोमबार जिल्लाका विभिन्न स्थानमा जेन जी समूहको अगुवाईमा भएको आन्दोलनले उग्ररुप लिएपछि दिउसो ४ बजेदेखि राती १० बजेसम्म कफ्र्यू लगाएको थियो । आज बिहान साढे ९ बजेदेखि पुनः कर्फ्यू लगाइएको हो ।